२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीको टाउनहल अध्यक्षमा तिम्सिना विजयी


मेचीनगर, असार ५ । धुलाबारीको पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान ‘टाउनहल’ को अध्यक्षमा व्यवसायी ऋषिराज तिम्सिना विजयी भएका छन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी शंकर बस्नेतलाई हराउँदै आगामी कार्यकालका लागि तिम्सिना विजयी भएका हुन् । तिम्सिना मेची उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष हुन् ।

आज सम्पन्न निर्वाचनमा तिम्सिनाले ५६ मत प्राप्त गरे भने बस्नेतले ३४ मत ल्याएका थिए । १३३ जना मतदाता रहेको प्रतिष्ठानको निर्वाचनमा ९० मत खसेको थियो ।

प्रतिष्ठानको उपाध्यक्ष र सदस्य पदमा भने सर्वसम्मत भएको थियो । उपाध्यक्षमा शिशिर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिष्ठानको कार्यसमिति सदस्यमा १३ जना नै सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको विधानअनुसार महासचिव, सचिव र कोषाध्यक्ष निर्वाचित सदस्यहरुबाट चयन हुने व्यवस्था छ ।

सर्वसम्मत निर्वाचित सदस्यहरुमा शंकर श्रेष्ठ, मंजिल रसाइली, इबन लुइँटेल, आशिष पौडेल, योगेश राजवंशी, मनोज ढकाल, सागर खनाल, शुलभ भण्डारी, कैलाश प्रसाईं, रविन्द्र पाठक, राजीव प्रसाईं र सचेत घिमिरे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer