२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजन स्काउट दलले बस बिसौनीमा राख्यो टायर सिट


मेचीनगर, असार ६ । इस्ट होराइजन स्काउट दलले ७२ औँ स्काउट स्थापना दिवसमा धुलाबारी बस बिसौनीमा टायर सिट राखेको छ ।

धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविअन्तर्गतको स्काउट दलले खेर गएका सामानहरु पुनः प्रयोग गरी निर्माण गरिएको टायर सिट राखेको हो ।

सो सिटहरु यात्रुहरुको सुविधाको लागि राखिएको स्काउट मास्टर संगीता थापाले बताइन् । इस्ट होराइजन स्काउट दलका विद्यार्थीले ६ दिन लगाएर टायर सिट बनाएका हुन् ।

स्काउट दलले ३ वटा टायर सिट बनाएर बस बिसौनीमा राखेको स्काउट मास्टर विकास दाहालले बताए । एउटा सिटमा ५ जनासम्म बस्न सक्ने बताइएको छ ।

धुलाबारी बस बिसौनीमा यात्रुहरुका लागि प्रतिक्षालय बनेको छैन । जसका कारण यात्रुहरु समस्यामा पर्दै आएका छन् । टायर सिट बनाएर राखेपछि यात्रुहरुलाई राहत पुगेको छ ।

अध्ययनसँगै सामाजिक गतिविधिमा सक्रिय इस्ट होराइजनले विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थीलाई पढाइसँगै समाजप्रतिको दायित्व बोध गराउन प्रेरित गरिएको प्रिन्सिपल सञ्जीव राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer