२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मुख्यमन्त्री कप फुटबलको उपाधिका लागि इलाम र संखुवासभा खेल्ने


ओखलढुंगा, असार ८ । इलाम र संखुवासभा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा ओखलढुंगालाई हराउँदै इलाम अन्तिम दुईमा प्रवेश गरेको हो ।

इलामले ओखलढुंगालाई १–० को गोल अन्तरले हराएको हो । खेलको ३९ औँ मिनेटमा इलामका विशाल तामाङले गरेको गोल नै निर्णायक भयो ।

खेलको म्यान अफ द म्याच गालकर्ता तामाङ भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र दुर्गाबक्स गणका प्रमुखसेनानीले नगद चार हजार र मेडल प्रदान गरे ।

यसैबीच, आजै सम्पन्न अन्तिम सेमिफाइनल खेलमा खोटाङलाई हराउँदै संखुवभसभा फाइनलमा प्रवेश गरेको हो ।

खेलको २५ औँ मिनेटमा संखुवभसभाका मन्दिप राईले गोल गर्दै फाइनलसम्मको यात्रा पक्का गरे ।

खेलको म्यान अफ द म्याच गोलकर्ता राई भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र जिल्ला समन्वय समिति ओखलढुंगाका उपप्रमुख तारा कार्कीले नगद चार हजार र मेडल प्रदान गरे ।

भोलि बिहान ११ बजे हुने फाइनल खेलमा इलाम र संखुवासभाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer