२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मुख्यमन्त्री कप फुटबलको उपाधि इलामलाई


ओखलढुंगा, असार ९ । कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको उपाधि इलामले उचालेको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको फाइनल खेलमा संखुवासभालाई हराउँदै इलामले उपाधि जितेको हो ।

संखुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलाम च्याम्पियन बनेको हो । खेलको ५९ औँ मिनेटमा इलामका लागि विशाल तामाङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ७९ औँ मिनेटमा युवराज राईले गोल थप्दै खेल २–० मा पुर्याए । ८४ औँ मिनेटमा विनोद धमलाले एक गोल गरेका थिए ।

उपाधिसँगै इलामले नगद दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र ग¥यो । उपविजेता संखुवासभाले नगद एक लाख पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

फाइनल खेलको म्यान अफ द म्याच इलामका पिकेश लोक्ताम भए । उनले नगद ४ हजार रुपैयाँ र मेडल पाए ।

त्यस्तै, उत्कृष्ट गोलरक्षक इलामका मौसम मगर, उत्कृष्ट डिफेन्डर इलामका आयुष तिमिल्सिना, उत्कृष्ट फरवार्ड संखुवासभाका मन्दिप राई र उत्कृष्ट प्रशिक्षक इलामका छिरिङ पासाङ भए ।

उच्च गोलकर्ता ओखलढुंगाका सञ्जय गुरुङ भए । उनीहरुले नगद पाँच हजार ५०० र ट्रफी पाए ।

सर्वोत्कृष्ट खेलाडीको उपाधि इलामका विशाल तामाङले पाए । उनले नगद १० हजार र ट्रफी पाए ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका अध्यक्ष तथा बोर्डका सदस्य सचिव हंशराज वाग्ले, प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनाल, विशेष अतिथि अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, बोर्ड सदस्य थलु राजभण्डारी, ओखलढुंगा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठ लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer