२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेशस्तरीय बक्सिङ खेल्न जाने झापाका खेलाडीको विदाइ


बिर्तामोड, असार १२ । उदयपुरको गाइघाटमा हुने कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा सहभागी हुने झापाका खेलाडीलाई विदाइ गरिएको छ ।

आज बिर्तामोडमा झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुको विदाइ गरेको हो ।

झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समितिका अध्यक्ष प्रशान्त भण्डारीले खेलाडीहरुलाई जितको शुभकामना दिए ।

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने प्रतियोगितामा झापाबाट १० पुरुष र ४ महिला खेलाडीले सहभागिता जनाउँदै छन् ।

असार १३ गतेदेखि १५ गतेसम्म सञ्चालन प्रतियोगितामा झापाबाट महिला खेलाडीहरु त्रिसा जवेगू, सुस्मिता राई, सुस्मिता श्रेष्ठ र स्रिमन राईले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै, पुरुष खेलाडीहरु अनिल राई, समिर गुरुङ, संघर्ष गिरी, तोबिन प्रधान, पर्साहाङ इजम, धर्मेन्द्र राई, निश्चल राजवंशी, उज्ज्वल कार्की, रोहन राई, रोहित मल्लिक छन् ।

झापाको टिम प्रशिक्षकमा सन्तबहादुर तामाङ छन् भने व्यवस्थापकमा जिल्ला अध्यक्ष खड्का छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer