२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

युकेश र प्रदिप राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको क्वार्टर फाइनलमा


प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै बोर्डका सदस्य सचिव वाग्ले र संघका अध्यक्ष शाह ।

विराटनगर, असार १३ । कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा आजबाट मोरङको विराटनगरमा सुरु प्रतियोगिताअन्तर्गत पुरुष सिंगलतर्फ योञ्जन र खत्री पहिलो चरणमा प्रवेश गरेका हुन् ।

नवौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी योञ्जनले कोशीकै अर्का खेलाडी असलेस ढकाललाई हराएका थिए । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुदका रजत पदक विजेता खत्रीले कोशीका आभाष बुढाथोकीलाई हराए ।

यसैबीच, आज पुरुष सिंगलअन्तर्गतका खेलमा अन्य १४ जना खेलाडी प्रिक्वार्टर फाइनल प्रवेश गरेका छन् ।

त्यस्तै, महिला सिंगलतर्फ बिमला पन्थी लुम्बिनी, जर्जिया चौधरी बागमती, ऋतिका चौधरी लुम्बिनी र श्रेया राई कोशी प्रदेश प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्समा हुने प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १५ खेलाडीले सहभागिता जनाएका छन् ।

यसअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश्वर कोइराला, विशेष अतिथि बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल सफ्ट टेनिस संघ तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहल लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बोर्डकी उपाध्यक्ष जिना कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्यामकुमार लामाले स्वागत मन्तव्य राखेका थिए ।

मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनमा सहिद रंगशालामा जारी प्रतियोगिता असार १६ गतेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer