२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय सफ्ट टेनिस महिला डबल्सको फाइनलमा बागमती र कोशी


विराटनगर, असार १५ । बागमती प्रदेश र कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत महिला डबल्सको फाइनलमा प्रवेश गरेका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै फाइनल पुगेको हो । बागमतीका जर्जिया चौधरी र चन्द्रमाया राईको जोडीले लुम्बिनीका ऋतिका चौधरी र बिमला पन्थीलाई हराए ।

त्यस्तै, कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई हराएर बागमतीसँगको भेट पक्का गरेको हो । कोशीका श्रेया योञ्जन र श्रेया राईको जोडीले लुम्बिनीका रोशिका पोखरेल र सुमित्रा खनाललाई हराए ।

प्रतियोगिताअन्तर्गत फाइनल खेल भोलि शनिबार हुने छन् । प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्समा हुने प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १५ खेलाडीले सहभागिता जनाएका छन् ।

सबै विधाका स्वर्ण पदक विजेतालाई नगद ३५ हजार, रजत पदकलाई २५ हजार र कास्य पदक पाउनेलाई समान १० हजार रुपैयाँ प्रदान गरिने मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्यामकुमार लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer