२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

युवा पुस्तालाई कृषिमा प्रेरित गर्न इस्ट होराइजनका विद्यार्थी रोपाइँमा


मेचीनगर, असार १५ । आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले झापा मेचीनगरको इस्ट होराइजन माविले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ ।

स्कुल जीवनदेखि नै कृषिमा सहभागी गराउँदा परिश्रमी र आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै विद्यालयले आज असार १५ को दिन राष्ट्रिय धान दिवसको अवसर पारेर विद्यार्थीलाई रोपाइँमा लगाएको प्रिन्सिपल सञ्जीव राईले बताए ।

विद्यार्थीहरुले मेचीनगरको विभिन्न स्थानमा गएर धान रोपेर राष्ट्रिय धान दिवस मनाएका हुन् । मेचीनगरको गोजाबस्ती, लालपानी, खुट्टीडाँगीलगायत विभिन्न स्थानमा शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान रोपाइँ गरेका हुन् ।

सो विद्यालयका विद्यार्थीहरु प्रत्येक धान दिवसमा बर्सेनि धान रोप्न जाने गरेका छन् । आफू कक्षा ५ देखि नै विद्यालयबाट धान रोप्न जाने गरेको र आफूले धान रोप्न सिकिसकेको कक्षा १० की छात्रा गरिमा बस्नेतले बताइन् ।

अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमुलक हुनुपर्ने भएकाले यस प्रकारको शिक्षण सिकाइ क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्ने विद्यालयकी प्रमुख प्रशासक सावित्रा राईले बताइन् ।

विद्यालयले बालबालिकाहरुलाई ८ वर्षदेखि राष्ट्रिय धान दिवस मनाउन प्रेरित गर्दै आएको शिक्षक विकास ग्वालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer