२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोशीका दुवै जोडी राष्ट्रिय सफ्ट टेनिस पुरुष डबल्सको फाइनलमा


विराटनगर, असार १५ । प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत कोशी प्रदेशका दुवै जोडी पुरुष डबल्सको फाइनलमा प्रवेश गरेका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका जोडीलाई हराउँदै कोशी प्रदेशको जोडी फाइनल पुगेका हुन् ।

पहिलो सेमिफाइनलमा लुम्बिनीका सुरज चौधरी र कुमार गिरीको जोडीलाई ५–१ को सेटमा हराउँदै कोशीका युकेश योञ्जन र आशिष बोहोराले फाइनलको यात्रा तय गरेका हुन् ।

त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा एपिएफका कमल भण्डारी र भीमबहादुर थापा मगरको जोडीलाई ५–१ को सेटमा पराजित गर्दै कोशीका आभाष बुढाथोकी र असलेश ढकालको जोडीले आफ्नै प्रदेशको जोडीसँग भेट निश्चित गरेको हो ।

सेमिफाइनलमा पराजित लुम्बिनी र एपिएफका खेलाडी कास्य पदकमा सीमित भए ।

प्रतियोगिताअन्तर्गत फाइनल खेल भोलि शनिबार हुने छन् । मिक्स डबल्सका खेल पनि शनिबारै हुने छन् ।

प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्समा हुने प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १५ खेलाडीले सहभागिता जनाएका छन् ।

सबै विधाका स्वर्ण पदक विजेतालाई नगद ३५ हजार, रजत पदकलाई २५ हजार र कास्य पदक पाउनेलाई समान १० हजार रुपैयाँ प्रदान गरिने मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्यामकुमार लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer