२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अरिदमन गणमा जिल्लास्तरीय अभ्यास हातेमालो–५


मेचीगनर, असार १६ । झापामा हुने प्राकृतिक विपद न्यूनीकरण तथा उद्धारमा सहजताका लागि अरिदमन गण चारआली ब्यारेकले पाँच दिने अभ्यास हातेमालो–५ सञ्चालन गरेको छ ।

बाढी, पहिरो, डुबान, आगलागी तथा भूकम्प जस्ता विपदका समयमा जनधनको क्षतिको न्यूनीकरण एवम उद्धार र राहत कार्यमा विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण निकायहरु समन्वयातमक ढंगबाट परिचालन हुन सहज होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

त्यस्तै, विपद् व्यवस्थापनसँग समन्वय निकायहरुको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीको बारेमा एकापसमा जानकारी आदानप्रदान गर्न कार्यक्रमले टेवा पुर्याउने विश्वास लिइएको छ ।

नेपाली सेनाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको संयुक्त अभ्यास हातेमालो यस वर्ष जेठ ७ र ८ गते नेपाली सेनाको जंगी अड्डामा सञ्चालन भएको थियो । जेठ २८ र २९ गते प्रदेशस्तरीय अभ्यास हातेमालो सुनसरीस्थित नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरमा भएको थियो ।

झापा जिल्लास्तरीय अभ्यास हातेमालो–५ अरिदमन गण चारआली ब्यारेकमा सञ्चालन भएको हो ।

अभ्यास अवधिभर सरोकारवाल निकायहरुलाई अभ्यास सम्बन्धी जानकारी, सरोकारवाला निकायहरुले आआफ्नो कार्यालयको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीको बारेमा प्रस्तुति दिएका थिए ।

उनीहरुले विपदको काल्पनिक परिस्थितिको परिकल्पनामा आधारित कथामा सहभागीहरुलाई तहगत रुपहरुमा विभाजन गरी उक्त परिस्थितिको प्रतिक्रियाबारे अभ्यास सञ्चालन गरेका थिए ।

कार्यक्रममा विपद व्यवस्थापनमा प्रयोग हुने सुधारिएका सामानहरुको प्रदर्शनी तथा उद्धार सम्बन्धी अभ्यासहरु गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अरिदमन गणका गणपति प्रमुखसेनानी इमेशमेहर श्रेष्ठले अभ्यासबारे जानकारी गराएका थिए ।
कार्यक्रमको समापन प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले गरेका थिए ।

अभ्यास हातेमालो–५ मा जिल्ला प्रशासन कार्यालय झापा, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, विपद व्यवस्थापन समितिका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी झापा, मेचीनगर नगरपालिका, नेपाल स्काउट, विद्यार्थी, स्थानीय तहका विपद सम्बन्धी फोकल प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

यसैबीच, राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर झापाको चारआलीस्थित अरिदमन गण परिसरमा बृक्षारोपण गरिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापा प्रहरी प्रमुख दुर्गाराज रेग्मी, राष्ट्रिय अनुसन्धानका एसपी तुलसी प्रसाईं, नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाललगायतले बृक्षारोपण गरेको अरिदमन गणका गणपति इमेशमेहर श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer