२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइको नतिजा असार २३ गतेभित्र आउने


बिर्तामोड, असार १८ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यसका लागि तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी सहभागी थिए ।

ती मध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र रहेका छन् ।

कक्षा ९ देखि प्राविधिक धार समेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यार्थीका १५ हजार ४ सय ६१ जना परीक्षार्थी पनि एसइइमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer