२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सामाजिक मेलमिलाप समाजको परिचयात्मक कार्यक्रम


मेचीनगर, असार १९ । न्यायिक क्षेत्रमा काम गर्ने लक्ष्यसाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

एक वर्षभन्दा बढी समयदेखि न्यायिक तथा सामाजिक कार्यहरुमा सक्रिय रहेको संस्था २०८० असार १ गते जिल्ल प्रशासन कार्यालयमा दर्ता भएपछि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

न्यायको निमित्त वडादेखि नगर न्यायिक समितिसम्म सर्वसाधारण जनताको सहज पहुँच पुर्याउने लक्ष्यसाथ सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरको स्थापना गरिएको समाजका सचिव प्रकाश खड्काले जानकारी दिए ।

समाजले निःशुल्क रुपमा जनताका विभिन्न विषयसम्बन्धी निवेदन लेखिदिने, सहजीकरण गर्ने, मेचीनगरका १५ वटै वडामा न्यायिक अधिकार र न्याय सम्पादन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको उनले बताए ।

समाजका अध्यक्ष चन्द्रबहादुर घोर्साईंको अध्यक्षता र मेचीनगर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer