२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

महिला क्रिकेट टिमकी कप्तान रुविना सम्मानित


मेचीनगर, असार १९ । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई गृहनगरमा सम्मान गरिएको छ ।

आज एक कार्यक्रमका बीच रुविनालाई झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकरभिट्टाले सम्मान गरेको हो ।

रोटरी क्लब अफ काँकरभिट्टाको १४ औँ पदस्थापन कार्यक्रमको अवसरमा उनलाई नगदसहित प्रतिभा सम्मान गरिएको क्लबका अध्यक्ष रूद्र मैनालीले जानकारी दिए ।

रुविनालाई कार्यक्रमका प्रमुख अतिथि रोटरीका डिजी विनोद कोइराला, अध्यक्ष मैनाली, कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, प्रदेशसभाका पूर्वसदस्य श्रीप्रसाद मैनाली लगायतले सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer