२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

पौने चार करोडमा बनेको मेची क्याम्पसको होस्टल प्रयोगविहीन


बिर्तामोड, असार २० । क्याम्पस प्रशासनले सञ्चालनको कार्यविधि बनाउन नसक्दा मेची बहुमुखी क्याम्पस भद्रपुरको छात्रावास (होस्टल) प्रयोगविहीन भएको छ ।

होस्टल निर्माण सम्पन्न भएको १४ महिना बितिसक्दा पनि प्रयोगमा हाउन नसकेको हो । ठेकेदार कम्पनीले २०७९ बैशाख ११ गते निर्माण सम्पन्न गरेर होस्टलको भवन क्याम्पसलाई हस्तान्तरण गरेको थियो ।

२१ कोठे दुई तले होस्टल ३ करोड ७७ लाख ७४ हजार ९५१ रुपैयाँको लागतमा निर्माण भएको हो ।

कमलप्रसाद गुरागाईं क्याम्पस प्रमुख रहेको बेला तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलान्यास गरेको होस्टल दुई वर्षभित्रमा सञ्चालनमा ल्याइने बताइएको थियो ।

तर, २०७६ माघ १३ गतेदेखि निर्माण सुरु भएको होस्टल निर्माण भइसक्दा पनि सञ्चालन कार्यविधि बनाउन क्याम्पस प्रशासनले सकेको छैन ।

होस्टलको भवन निर्माण सम्पन्न भए पछाडिपट्टि भान्सा घर निर्माण भइरहेको छ । पानीको निकास नहुँदा भवन वरिपरि डुबान भएको छ ।

निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार काम पूरा गरेर हस्तान्तरण गरे पनि अन्य कामका लागि क्याम्पस प्रशासनले ढिलासुस्ती गरेको विद्यार्थीको भनाइ छ ।

यर्सबीच, क्याम्पस प्रमुख जीवन पोखरेलले यसै शैक्षिक सत्रको भदौ–असोजदेखि होस्टल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer