२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइको नतिजा आज आउँदै


बिर्तामोड, असार २१ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिए ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइइमा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।

यसअघि बोर्डले यसपटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्ने निर्णय गरेको थियो । २०७८ साल पुस ७ गते सो निर्देशिका जारी भएको थियो ।

निर्देशिकामा न्यूनतम ३५ प्रतिशत प्राप्त नगर्नेको प्रमाणपत्र अवर्गीकृत गर्ने प्रावधान रहेको थियो । सोही वर्षको फागुन १७ गते निर्देशिकामा पहिलो संशोधन गरी २०८० सालको एसइइबाट मात्र सो प्रावधान लागु गर्ने व्यवस्था गरियो ।

२०७९ सालको एसइइका हकमा साविकको निर्देशिकाबमोजिम मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer