२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेशसभा सदस्य बजगाईंको क्षेत्रमा ९ करोड रुपैयाँको योजना


मेचीनगर, असार २३ । कोशी प्रदेशकी प्रदेशसभा सदस्य सविना बजगाईंले आउँदो आर्थिक वर्षका लागि आफ्नो निर्वाचन क्षेत्रमा परेको ९ करोड रुपैयाँ विभिन्न योजना विनियोजन गरेकी छन् ।

उनको पहलमा झापा निर्वाचन क्षेत्र १ (२) मा ९ करोड ७ लाख ५६ हजार रकम बराबरको योजनाको शीर्षक छुट्टिएको हो ।
प्रदेशअन्तर्गतका विभिन्न मन्त्रालयबाट आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि योजना विनियोजन भएको बजगाईंले बताइन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ७२ लाख, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २ करोड २६ लाख ५० हजार, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट १ करोड २५ लाख रकम बराबरका योजना आफ्नो निर्वाचन क्षेत्रमा परेको उनले जानकारी दिइन् ।

त्यस्तै, सशर्त अनुदानअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट ६० लाख बराबरको योजना परेको छ भने सामाजिक विकास मन्त्रालयबाट २८ लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १ करोड १६ लाख ५६ हजार बराबरको योजना उनको निर्वाचन क्षेत्रमा परेको छ ।

स्थानीय निकायका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरुसँग आवश्यक योजनाहरुका बारेमा छलफल गरी प्राथमिकताका आधारमा यस योजनाहरु पारिएको बजगाईंले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer