२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड वडा नम्बर ७ आफ्नै भवनमा


बिर्तामोड, असार २४ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन उद्घाटन गरिएको छ ।

आज (आइतबार) एक औपचारिक कार्यक्रमका बीच वडा नम्बर ७ स्थित पाथिभरा टोलमा नवनिर्मित भवनको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य एकराज कार्की र बिर्तामोड नगरपालिकाका कार्यबाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरे ।

यसअघि वडा नम्बर ७ को कार्यालय गरामनीमा संयुक्त रुपमा वडा नम्बर ८ र ९ सँगै एउटै भवनमा सञ्चालन हुँदै आएको थियो ।

स्थानीयबासीले वडा कार्यालयको लागि १५ कट्ठा १० धुर जग्गा उपलब्ध गराएपछि नगरपालिकाले उक्त क्षेत्रमा २८ लाख रुपैयाँको लागतमा ४ कोठे पक्की भवन निर्माण गरेको हो ।

वडा कार्यालयको लागि जग्गा दिने दाताहरुमा प्रदिप खरेल, श्रीप्रसाद उप्रेती, भीमप्रसाद उप्रेती, तुलसीराम कडरिया, कृष्णप्रसाद भट्टराई, प्रदिप खनाल, चूडामणि बराल, डिकुरामदेवी रिजाल, काशी रिजाल, निलम पकुवाल लगायत रहेका छन् ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष अविरल कृष्ण खरेलले नयाँ भवनबाट वडाका सबै प्रशासनिक कार्य सुरु भएको जानकारी दिए । उनले वडा नम्बर ७ मा चुनावको समयमा मत माग्दा जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्दै जाने विश्वास समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer