२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कप्तान क्षेत्रीसहित चार प्रतिभालाई भानु साहित्यिक प्रतिष्ठानले सम्मान गर्ने


मेचीनगर, असार २४ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई काँकरभिट्टामा सम्मान गरिने भएको छ ।

कप्तान रुविनासहित, खेल पत्रकार भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई नगदसहित सम्मान गर्न लागिएको हो ।

काँकरभिट्टामा रहेको भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा उनीहरुलाई पुरस्कृत र सम्मान गर्ने भएको हो ।

मेचीनगर निवासी कप्तान क्षेत्रीलाई नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु प्रतिभा पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिए ।

त्यस्तै, सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेको भन्दै लिम्बूलाई पनि भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिने भएको हो । त्यस्तै, ढुंगानालाई प्रतिष्ठानअन्तर्गत रहेको हेमराज–मेदनी खरेल पुरस्कारबाट सम्मान गरिनेछ ।

कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट यो वर्ष कला र संस्कृतिको प्रबर्द्धनतर्फ पञ्चेबाल तथा संगीनी नाचमा संस्थागत रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई सम्मान गर्ने निर्णय गरिएको घिमिरेले जानकारी दिए ।

भानु प्रतिभा पुरस्कारबाट सम्मानित हुने कप्तान क्षेत्रीलाई २१ हजार र अन्य तीनजना प्रतिभालाई जनही ११ हजार रुपैयाँका दरले पुरस्कृतसहित सम्मान गरिने उनले बताए ।

असार २९ गते भानु जयन्तीको अवसरमा काँकरभिट्टा क्याम्पसको सभाहलमा हुने कवि गोष्ठी कार्यक्रममा प्रतिभाहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer