२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सेप्टिक ट्यांकमा डुबेका बालकबारे चिकित्सकः ४८ घण्टासम्म केही भन्न सकिन्न


बिर्तामोड, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेका तान्छोक लिम्बूको सघन उपचार कक्षमा भेन्टिलेटरमै उपचार जारी रहेको छ ।

झापा धुलाबारीको सानो साथी किन्डर गार्टेनमा पढ्ने ८ वर्षीय लिम्बूको स्वास्थ्यस्थितिबारे ४८ घण्टासम्म केही भन्न नसकिने उनी उपचाररत बिएन्डसी अस्पतालले जनाएको छ ।

उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको हो । बालक लिम्बूको फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा गम्भीर समस्या भएकाले सुधार हुन कम्तिमा ४८ घण्टा पर्खनुपर्ने चिकित्सकलाई उद्धृत गर्दै अस्पतालका जनसम्पर्क तथा सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

बिरमीलाई सास फेर्न निक्कै गाह्रो भएपछि भेन्टिलेटरमा राख्ने गरिन्छ । भेन्टिलेटरमार्फत बिरामीको वायुमार्ग हुँदै फोक्सोमा अक्सिजन पुर्याउने काम गरिन्छ । पानीमा डुब्दा पानी धेरै खाएकाले बालकको ठुलो आन्द्रामा समेत समस्या आएको तथा निमोनिया समेत भएको चिकित्सकले बताएका छन् ।

हिजो असार २५ गते खाजा खाएर शौचालय जाँदा उनी शौचालयको ढोकाअगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए । सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र खसेका थिए ।

विद्यालयका सञ्चालक मनोज गुरूङले बालक सेप्टिक ट्यांकमा डुबेको थाहा पाएपछि आफैँ ट्यांकभित्र पसेर निकालेका थिए । त्यसपछि अस्पताल पनि उनैले पुर्याएका थिए । उनलाई बेहोश अवस्थामा उद्दार गरी दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो ।

असार २७ गते बुधबार २ बजेसम्म लिम्बूको अवस्थाबारे केही भन्न नसकिने गिरीले बताए । चिकित्सकको पूरै टिम बालकको स्वास्थ्य सुधारमा लागिपरेको उनले जानकारी दिए । सास फेर्न सहज हुनेबित्तिकै उनको अवस्था सुधारिने अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार: https://jhapatoday.com/2023/07/10/33667/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer