२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापा कोरा राइड २०२३ को तयारी अन्तिम चरणमा


बिर्तामोड, असार २६ । सन् २०२३ को झापा कोरा राइड च्यालेन्जको तयारी अन्तिम चरणमा पुगेको छ ।

यो वर्ष झापा कोरा राइडलाई अझ फराकिलो र व्यवस्थित बनाउन विभिन्न उपहार योजनाहरुसमेत समावेश गरिएको कार्यक्रम संयोजक तथा झापा साइक्लिङ क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए ।

यो वर्षको राइडमा सहभागी साइक्लिस्टहरुलाई मेडल तथा डिजिटल प्रमाणपत्र प्रदान गरिनुका साथै प्रायोजकहरुबाट प्राप्त उपहार पनि प्रदान गरिनेछ ।

सन् २०२३ को झापा कोरा राइडमा सहभागीको दुर्घटना बीमा समेत गरिने श्रेष्ठले बताए । त्यस्तै, सूर्योदय एड्भान्चर्सको तर्फबाट पाँचजना राइडरलाई स्काइ साइक्लिङको अवसर दिइनेछ ।

उपहारअन्तर्गत आयुर्वेदालयका तर्फबाट १० जनालाई मसाज, डोको द रिसोर्टको तर्फबाट एक जोडीलाई बस्ने सुविधा र १० जनालाई रोप कोर्सको व्यवस्था रहेको छ ।

त्यस्तै, रेन्ची बरिस्ता टे«निङ सेन्टर, आरएन्डआर डाइग्नोस्टिक सेन्टर, बिर्तामोड आइ हस्पिटल, इन्द्रेणी ब्यांक्वेट, रोयल रत्न होटल लगायत संघसंस्थाबाट विभिन्न उपहार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।

झापा कोरा राइड २०२३ मा सहभागी सबै राइडरको बाइक सर्भिसिङमा प्याक एन्ड पेडलले ४० प्रतिशत छुट दिने व्यवस्था पनि उपहारमा समेटिएको छ । कोरा राइडको उपहार प्राप्त गर्न यात्राअगाडि अनलाइन दर्ता गरिसक्नुपर्ने नियम रहेको छ ।

यो वर्ष झापाका पाँच पालिकाको फन्को लगाएर ५० किलोमिटरको यात्रा तय गरिनेछ । प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको छ ।

तिब्बती बौद्ध धर्ममा कोरा भनेको भगवानलाई तपाईंको सम्मान देखाउनको लागि गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो । यो शब्द बौद्ध धर्मबाट आएको भए पनि हिन्दुहरूले समेत आफूले पार गरेको मन्दिरको परिक्रमा गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer