२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका महिला जनप्रतिनिधिलाई नेतृत्वबारे प्रशिक्षण


बिर्तामोड, असार २६ । बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिलाई लक्षित गरेर महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षण सम्पन्न भएको छ ।

सेन्टर फर दलित वुमन नेपाल (सिडिडब्ल्युएन) ले राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता गराउन र महिला जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारबारे प्रस्ट पार्ने उद्देश्यले प्रशिक्षण आयोजना गरेको हो ।

शि लिड्स परियोजनाअन्तर्गत बिर्तामोडमा आयोजित ४ दिने प्रशिक्षणमा बिर्तामोड नगरमा निर्वाचित भएका २३ जनामध्ये नवनिर्वाचित १४ जना महिला जनप्रतिनिधिलाई सहभागी गराइएको आयोजक संस्थाकी झापा संयोजक सम्झना पोखरेलले जानकारी दिइन् ।

नेतृत्वको जिम्मेवारी बाँडौँ बराबरी भन्ने मुख्य नारासहित आयोजित प्रशिक्षणमा दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको परिचय, विकास, सञ्चारमाध्यमसँग सहकार्य, शक्तिको परिचय र शक्तिको मापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली र तथ्यांक संकलन, अध्यावधिक तथा व्यवस्थापन विषय केन्द्रित थियो ।

२०७४ सालदेखि सुरु प्रशिक्षणमा झापाका आठवटा पालिकालाई समावेश गरिएको छ । संयोजक पोखरेलका अनुसार अर्जुनधारा, मेचीनगर, बुद्धशान्ति र बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिलाई यो प्रशिक्षण दिइसकिएको छ ।

समावेश अन्य पालिकामा दमक, शिवसताक्षी, कमल र गौरीगञ्ज रहेका छन् । समापन कार्यक्रममा बिर्तामोड नगरपाकिलाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रशिक्षण लिएको नेतृत्व विकाससँगै कार्य दक्षतालाई जनताको सेवामा समर्पित गर्न आग्रह गरे ।

प्रशिक्षकद्वय सोमराज ढकाल र पुनम मण्डलले सहजीकरण गरेको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोका, महिला जनप्रतिनिधिहरु लक्षिमा खतिवडा, हेमलत्ता विश्वकर्मालगायतले प्रशिक्षण लिनुअघि र लिएपछिको आफ्ना अनुभव सुनाएका थिए ।

मान्छेका अघि बोल्नै नसक्नेले पनि बोल्न सक्ने भएको, वडा तथा नगरको योजना तर्जुमाबारे कुनै ज्ञान नै नहुँदा पछि परिएको अवस्थाबारे आफ्ना अनुभव सहभागी महिला जनप्रतिनिधिहरुको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer