२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरका लेखा अधिकृत खनालमाथि कार्यकक्षमै हातपात


मेचीनगर,असार २८। मेचीनगर नगरपालिकाका लेखा अधिकृत चक्रपाणि खनालमाथि आज कार्यकक्षमै हातपात भएको छ ।

नगरपालिकाका लेखा अधिकृत खनाललाई आज दिउँसो ४ः३० बजे कार्यकक्षमा नै गएर मेचीनगरका निर्माण व्यवसायी कल्याण खड्काले हातपात गरेका हुन् ।

“निर्माणको काम सकेको एक महिना भइसक्यो, १६ लाख भुक्तानी पाउनु थियो, एक हप्तादेखि चेकका लागि ताकेता गरिरहँदा पनि अझै चेक नबनाएको कारण रिसले धकेलेको हो”, खड्काले भने ।

खड्काले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला ‘मेरो चेक किन नबनाएको’ भन्दै छातीमा समाएर धकेलेको खनालले बताएका छन् ।

यसैबीच, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई र कोशी प्रदेश समितिले साँझ एक विज्ञप्ति जारी गर्दै कर्मचारीलाई हातपात गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाको तोकिएको काम, कर्तव्य र जिम्मेवारी निर्वाह गरिरहेको बेला गाली गर्ने, हातपात गर्ने जस्ता अवान्छित र अमर्यादित व्यवहार गर्ने क्रियाकलापका कारण कर्मचारीबाट नियमित सेवा प्रवाह गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ ।


गाली र अमानविय व्यवहार गर्ने मेचीनगर–१० का कल्याण खड्कामाथि कडाभन्दा कारबाही गर्न स्थानीय सरकारलाई अनुरोध गरेको छ ।

साथै, एसोसिएसन इकाई अध्यक्ष रबिन्सन थापा मगर र कोशी प्रदेश अध्यक्ष त्रिलोचन पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा कर्मचारीलाई काम गर्न सहज वातावरण बनाइदिन सम्पूर्ण नगरबासी र जनप्रतिनिधिहरुलाई आग्रह समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer