२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आसाम डाउन टाउन युनिभर्सिटीद्वारा नेपाली विद्यार्थीका लागि १६ करोडको छात्रवृत्ति घोषणा


बिर्तामोड, असार २९ । भारतको गुवाहटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष नेपाली विद्यार्थीका लागि १६ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

युनिभर्सिटीले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । युनिभर्सिटीका नेपाल प्रतिनिधि शंकर भट्टराईले नेपाली विद्यार्थीका लागि यो छात्रवृत्तिले पठनपाठनमा सहज हुने बताए । सो युनिभर्सिटीले दुई सय विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउनेछ ।

नेपाली संस्कृतिसँग मेल खाने वातावरण भएका कारण विगत लामो समयदेखि सो युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुको आकर्षण बढ्दै गएको भट्टराईले बताए ।

गत वर्ष ८ करोड रकमको छात्रवृत्ति उपलब्ध गराएको युनिभर्सिटीमा ७० जना विद्यार्थी अध्ययनका लागि गएका थिए । यो वर्ष दुई सय विद्यार्थी भर्ना हुने आशा गरिएको उनले बताए ।

युनिभर्सिटीमा नेपाल, भुटान, बंगलादेश, म्यानमार, अफ्रिकाका केही देश, ताइवान लगायतबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । नेपालबाट होटल म्यानेजमेन्ट, व्यवस्थापन, पारामेडिकल लगायत प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण रहने गरेको छ ।

छात्रवृत्ति उपलब्ध गराउने विश्वविद्यालयले अध्ययन अवधिभर अन्य शुल्क नलिने जनाएको छ । शतप्रतिशतदेखि ५० प्रतिशतसम्म छात्रवृत्ति पाउने पत्रकार सम्मेलनमा भट्टराईले बताए । उनले नेपाली विद्यार्थीले आवास र खानाको मात्र पैसा व्यवस्थापन गरे पुग्ने जानकारी दिए ।

विश्वस्तरीय कलेज भएका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आकर्षण त्यस कलेजमा हुने गरेको छ । भारतमै रोजगार गर्न चाहने विद्यार्थीलाई कलेजले समन्वय गरेर रोजगार उपलब्ध गराउने काम पनि गर्ने आएको भट्टराईले बताए ।

पूर्वी नेपालबाट नजिकै पर्ने सो कलेजमा हालसम्म एक हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer