२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

खेलकुद विकास समिति झापाका अध्यक्ष भण्डारी उत्कृष्ट जिल्ला अध्यक्ष हुँदै सम्मानित


बिर्तामोड, असार ३१ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कोशी प्रदेशको उत्कृष्ट जिल्ला अध्यक्ष हुँदै सम्मानित भएका छन् ।

आज प्रदेश खेलकुद विकास बोर्ड कोशीले इटहरीमा एक भव्य कार्यक्रमको आयोजना गरेर समिति अध्यक्ष प्रशान्त भण्डारीलाई नगदसहित सम्मान गरेको हो ।

बोर्डले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा अध्यक्ष भण्डारीलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

आर्थिक वर्ष २०७९ ०८० मा कोशी प्रदेशमा सञ्चालित खेलकुद प्रतियोगिता र कार्यक्रमहरुको मूल्यांकन गरी उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अवार्डको रुपमा झापालाई सम्मान गरिएको हो ।

यसैबीच, कार्यक्रमकै अवसर पारेर इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलालाई पनि सम्मान गरिएको छ ।

१३ औँ राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता सम्पन्न गरेको भन्दै बोर्डले नगद १० हजारसहित अध्यक्ष बास्तोलालाई सम्मान गरेको हो ।

अध्यक्ष भण्डारी र बास्तोलालाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, कार्यक्रमका अध्यक्ष प्रदिप भगतलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer