२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

व्यापक आलोचनापछि एनएमसीले गर्ने भयो सदस्यको ७०० रुपैयाँ फिर्ता


मेचीनगर, साउन २ । सामाजिक सञ्जल र सदस्यहरुबाट तीव्र विरोध र आलोचना भएपछि मेचीनगरको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले आफ्नो निर्णय फिर्ता लिएको छ ।

एनएमसीले हिजो आफ्ना सदस्यलाई मोबाइलमा सन्देश पठाउँदै सदस्यको खाताबाट रकम कटौती गरी राहत कोषमा ७०० रुपैयाँ जम्मा भएको जानकारी दिएको थियो ।

सदस्यहरुलाई खबरै नगरी र बिनाअनुमति खाताबाट रकम कटौती गरी कोषमा जम्मा गरेपछि संस्थाको तीव्र आलोचना भएको थियो । एनएमसी सदस्य कल्याणकारी योजना स्थापना गर्ने योजनाबाट पछि हटेको हो ।

आज बसेको संस्थाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले जानकारी दिए । सदस्य कल्याणकारी योजनाअन्तर्गत बचत खाताबाट ७०० रुपैयाँ योगदान गराउने निर्णय स्थगन गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer