२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

चार महिनादेखि ज्याला नपाएपछि कुवाडीदेवीका चिया मजदुर आन्दोलित


बिर्तामोड, साउन ६ । झापा गाउँपालिकामा रहेको कुवाडीदेवी टि इस्टेटमा काम गर्ने मजदुरहरुले आफूले श्रम गरेको ज्याला नपाएपछि आन्दोलनमा उत्रिएका छन् ।

कुवाडीदेवी टि इस्टेटका श्रमिकहरुले ४ महिनादेखि ज्याला नपाएको भन्दै शुक्रबारदेखि काम ठप्प पारेका छन् । चिया बगानले ४ महिनादेखि काम गरेको रकम नदिँदा घर खर्च चलाउन गाह्रो भएको मजदुरहरुले बताएका छन् ।

चिया बगानले जदुरहरुको काम गरेको रकम भुक्तानी नदिएम्म चिया बगानमा काम नगर्ने अखिल नेपाल चिया मजदुर संघ कुवाडीदेवी टि इस्टेट इकाई समितिकी अध्यक्ष सीता माझीले बताइन् ।

आफूहरुलाई चिया बगानले ज्याला भुक्तानी गर्न पटकपटक झुक्याउने गरेकोले अब कुवाडीदेवी टि इस्टेटको मुख्य कार्यालय रहेको भद्रपुरमा आइतबार गएर घेराउ गर्ने माझीले बताइन् ।

कुवाडीदेवी टि इस्टेटका मेनेजर रामजतन सिंहले भद्रपुरबाट रकम नपठाएकोले मजदुरलाई रकम भुक्तानी गर्न नसकेको स्वीकार गरेका छन् । उक्त चिया बगानमा १३० जना मजदुरहरुले काम गर्दै आएका छन् ।

सो चिया बगानका सञ्चालक भद्रपुरका सुरेशकुमार मित्तल हुन् । उनी नेपाल चिया उत्पादक संघका अध्यक्ष पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer