२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

यु१६ पुरुष साफ च्याम्पियनसिप: झापाबाट २३ जना खेलाडी छानिए


बिर्तामोड, साउन ९ । यु१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि झापाबाट २३ जना खेलाडी छनोट भएका छन् । साफ च्याम्पियनसिप यही भदौ १५ गतेदेखि भुटानमा हुँदैछ ।

अखिल नेपाल फुटबल संघले संघ भएका सबै जिल्लालाई खेलाडी छनोट गर्न भनेअनुसार झापाबाट २३ जना छानिएको अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए । प्रारम्भिक चरणमा झापाको कमल र मेचीनगरबाट छानिएका ८२ जना खेलाडीमध्ये अर्जुनधाराको नमुना खेल मैदानबाट २३ जना छनोट गरिएको हो ।

झापाबाट छनोट भएका २३ जना खेलाडीले धरानमा हुने कोशी प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने महासचिव शेरबहादुर बस्नेतले बताए ।

कोशी प्रदेशका अन्य जिल्लाबाट छनोट भएर आएका खेलाडीमध्येबाट छानिएर एन्फामा पठाइने बताइएको छ । त्यसपछि देशभरिबाट छानिएर आएका खेलाडीबाट यु१६ को राष्ट्रिय टोली घोषण गरिनेछ ।

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसँगै बङ्गलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन् । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बङ्गलादेश भिड्नेछन् । सबै खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer