२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दोकानडाँडाका बस्नेतको घरको छानो हरि हलेसीले हाल्दिने


मेचीनगर, साउन ९ । घर जीर्ण भएपछि कष्टकर जीवन बिताउँदै आएका मेचीनगर–३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को नयाँ बन्ने घरको छानो धुलाबारीको एक क्लिनिकले हाल्दिने भएको छ ।

आर्थिक अवस्था दयनीय भएका बस्नेतको नयाँ घर बनाउन नवज्योति युवा क्लब र बाहुनडाँगी जेसीजले समिति बनाएर अभियान सञ्चालन गरिरहेका छन् ।

बस्नेतको अब बन्ने घरमा आवश्यक पर्ने जस्तापाता धुलाबारीमा रहेको हरि हलेसी मेडिकल हल एन्ड क्लिनिकका सञ्चालक सोम ओझाले उपलब्ध गराउने भएका हुन् ।

यसअघि पनि ओझाले बस्नेतका भाइ प्रदिपको उपचार र औषधि निःशुल्क गरिदिएका थिए । मेचीनगर–१० का वडा सदस्यसमेत रहेका ओझाले विपन्न परिवारलाई विभिन्न समयमा सहयोग गर्दै आएका छन् ।

सम्बन्धित समाचार:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer