२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

११ लाखको सुपारीसहित चारआलीबाट पिकअप नियन्त्रणमा


बिर्तामोड, साउन १७ । झापा प्रहरीले अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । बुधबार बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थित चारआली चोकबाट सुपारी नियन्त्रणमा लिइएको हो ।

चारआलीमा प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को. १ च ८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागेर जाँच गर्दा भिसिटिएस बिल नभएको ६१ बोरा सुपारी फेला परेको थियो ।

१० लाख ८३ हजार मूल्यबराबरको अन्दाजी २ हजार ८५० किलोग्राम सुपारी र ५ लाख मूल्यबराबरको गाडीसमेत गरी १५ लाख ८३ हजार बराबरको सुपारी, पिकअप गाडी र गाडी चालक मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ७ बस्ने १९ वर्षीय आकाश धिमाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गाडी चालकसहित पिकअप र सुपारीमाथि आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer