२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नारी सञ्चार गृहले दियो पत्रकारलाई मोबाइल पत्रकारिता तालिम


बिर्तामोड, साउन १८ । नारी सञ्चार गृह झापाको आयोजनामा मोबाइल पत्रकारिता सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।

३० जना प्रशिक्षार्थी सहभागी तालिमको सहजीकरण टिभी पत्रकार गणेशमान मुखियाले गरेका थिए । उनले भिडियो खिच्ने, आम पब्लिकमाझ सार्वजनिक गर्नुअघि सम्पादन गर्ने, मिक्सिङ गर्ने विषयमा सहजीकरण गरेका थिए ।

नारी सञ्चार गृह झापाको आयोजनामा आज भएको तालिमको अध्यक्षता रेजिना गौतमले गरेकी थिइन् । कार्यक्रममा पत्रकार पुष्प खड्का र प्रशिक्षार्थीका तर्फबाट तेस्पी भट्टराईले तालिमबाट धेरै कुरा सिक्न पाएको तथा प्राविधिक विषयमा अझै प्रशिक्षणको आवश्यकता रहेको बताए ।

संस्थाका सहसचिव जोश्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि कार्यक्रम संयोजक सञ्जु शिवाकोटी प्रस्ट पारेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer