२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अलैँचीको भाउ छ वर्षयताकै उच्च, प्रतिमन ६१ हजार


बिर्तामोड, साउन १९ । पछिल्लो समय बर्सेनि ओरालो लागेको अलैँचीको भाउ छ वर्षयताकै उच्च भएको छ ।

पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ पाउने भएपछि कृषक खुसी भएका छन् । नयाँ उत्पादन बजार निस्कनै लाग्दा पाँचथरमा अलैँची प्रतिमनको ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

पूर्वी पहाडमा हुने अलैँचीको मुख्य बजार झापाको बिर्तामोड हो । बिर्तामोडमा भण्डारण भएर अलैँची भारत र तेस्रो निर्यात हुने गरेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।

साउनको तेस्रो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र कृषक तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नहुँदा भाउ बढेको हो ।

भाउ बढे पनि हिउँदको समयमा पर्याप्त वर्षा नभएको र रोगका कारण केही अलैँचीका बोट मरेपछि उत्पादन घट्ने सम्भावना रहेको छ ।

आठ अर्बको अलैँची निर्यात
गएको आर्थिक वर्षमा आठ अर्ब रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको छ । देशको वैदेशिक व्यापारमा अलैँची निर्यातको मूख्य भूमिका छ । आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ बराबरको अलैँची देशबाट निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्षमा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ थियो ।

२०७७/७८ मा सात अर्ब एक करोड आठ लाख २९ हजार, २०७६/७७ मा दुई अर्ब ५३ करोड ९५ लाख ९५ हजार र २०७५/७६ मा दुई अर्ब ७१ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । नेपालबाट भारत, पाकिस्तान, इटाली तथा जर्मनीलगायत देशमा अलैँची निर्यात हुने गरेको महासंघका उपाध्यक्ष सुवास भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer