२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा टमाटरको मूल्य प्रतिकिलो २०० रुपैयाँ


बिर्तामोड कृषिथोक बजारमा टमाटर छान्दै खुद्रा व्यापारी ।

बिर्तामोड, साउन २५ । टमाटर अर्थात गोलभेँडाको मूल्य प्रतिकिलो २०० रुपैयाँसम्म पुगेको छ । यो बिर्तामोड क्षेत्रको खुद्रा मूल्य हो । झापाका सबै ठाउँमा यही मूल्य रहेको छ ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार बिहीबार टमाटर ठुलो (नेपाली) को अधिकृत मूल्य प्रतिकिलो १४० देखि १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

केही कुहिएको र पिल्सिएको टमाटर प्रतिपल्ला (पाँच केजी) को ७०० रुपैयाँ र केही सप्रिएको राम्रो टमाटर प्रतिपल्ला ८०० रुपैयाँसम्म खरिदबिक्री भएको छ । चोक तथा कृषिथोक बजारबाहिर भने टमाटर प्रतिकिलो १६० रुपैयाँदेखि २०० रुपैयाँ कारोबार भइरहेको छ ।

भारतीय टमाटर आउन छाडेपछि नेपाली बजारमा मूल्य आकाशिन पुगेको बताइएको छ । त्यस्तै, नेपाली टमाटर भारत निर्यात हुन थालेपछि नेपालमा टमाटरको मूल्य बढ्दै गएको हो ।

बिर्तामोडको कृषिथोक बजारमा झापाको शान्तिनगर, इलाम, पाँचथर र धनकुटाबाट टमाटर आउन गरेको समितिकी मूल्य संकलक माया राजवंशीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer