२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

साम्भवी फुडले ल्यायो जुसिका र मेन्टेन मेंगो जुस


बिर्तामोड, साउन २८ । करिब ९ वर्षदेखि हल्का पेय पदार्थ तथा जुस उत्पादन गर्दै आएको झापाको अर्जुनधारा ५ मा रहेको साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले नयाँ जुस (पेय पदार्थ) बजारमा ल्याएको छ ।

कम्पनीले जुसिका मेंगो र मेन्टेन मेंगो जुस बजारमा ल्याएको हो । उद्योगले ‘चिसोकोला’, ‘फन्नी’, ‘चटकोला, ‘सिम्पल साइट, ‘मेन्टेन ड्यु’, युनिक ड्युलगायतका पेय पदार्थ र जुस उत्पादन गर्दै आएको छ ।

कम्पनीले बैशाखदेखि नै जुसिका मेंगो र मेन्टेन मेंगो जुस उत्पादन सुरु गरेको जनाएको छ । पल्प बेसमा उक्त जुसहरु उत्पादन हुँदै आएको कम्पनीका सञ्चालक पुष्प आर्चायले जानकारी दिए ।

अधिकांश जुसहरु विभिन्न फलफूलको स्वादमा उपलब्ध हुने गर्छन् । तर, साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले भने पहिलोपटक पल्प बेस (आँप) मा उक्त जुसहरु बजारमा निकालेको दाबी गरिएको छ ।

पल्प बेस भएकाले आँपमा पाइने सम्पूर्ण भिटामिन उक्त जुसमा पाइने सञ्चालक आचार्यको भनाइ छ । शक्तिबर्द्धक तथा इनर्जी दिने भएकाले उत्पादित जुसको छोटो समयमा नै माग राम्रो रहेको अर्का सञ्चालक रमेश निरौलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer