२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

जन्मदिन पारेर रचना रिमालले ल्याइन् तीज गीत


बिर्तामोड, साउन २९ । पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल सोमबार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई बिहानैदेखि संगीतकर्मी, शुभचिन्तक, साथीभाई एवम् फ्यानहरुले शुभकामना दिइरहेका छन् ।

सानो उमेर र छोटो समयमै साङ्गीतिक क्षेत्रमा स्थापित झापा चन्द्रगढीकी यी गायिकाले जन्मदिनको अवसर पारेर तीज गीत सार्वजनिक गरेकी छिन् ।

‘तीजको सम्झना’ बोलको गीतमा रचनाको एकल स्वर छ । दिपक शर्माको शब्द एवम संगीत रहेको गीतलाई पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका हुन् । यो गीतको भिडियोमा रचना स्वयमले नृत्य गरेकी छन् ।

उनले आफ्नी बहिनी पूर्णिमा रिमाललाई समेत यस गीतको भिडियोमा नृत्य गराएकी छिन् । साथै, अनुपा विष्टलगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायांकन, मिलन विश्वकर्माले कलर एवम सम्पादन गरेका हुन् । यो गीत रचनाको आफ्नै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer