२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्णरुपमा खुल्यो जग्गाको कित्ताकाट


बिर्तामोड, साउन ३० । सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय गरेको छ । सरकारले भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको हो ।

गत बैशाखमा मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली संशोधनको निर्णय गरेको भए पनि कार्यान्वयन भएको थिएन । केही व्यवस्थाले समस्या भएको भन्दै भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरेर नियमावली संशोधनका लागि मन्त्रिपरिषद लगेको पठाएको थियो ।

मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको नियमावली संशोधन गरेर आज पास भएको हो । वर्गीकरण नभएको जग्गाको पनि कित्ताकाट हुने भएको हो । स्थानीय तहले वर्गीकरण गर्न नसक्दा जग्गाको कित्ताकाटमा समस्या आएको थियो ।

सरकाले जग्गाको कित्ताकाट नहुँदा राजश्वमा नै असर भरेको भन्दै गत बैशाखमा कित्ताकाट खुलाउने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer