२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा सविन राईको सांगीतिक प्रस्तुति हुने


बिर्तामोड, साउन ३१ । चर्चित पप गायक सविन राई एन्ड दि फ्यारो (म्युजिक ब्यान्ड) सांगीतिक कार्यक्रम झापा बिर्तामोडमा हुने भएको छ ।

चर्चित गायक राई र फ्यारो ब्यान्डले बिर्तामोडमा रहेको मोक्ष हस्पिटालिटीमा यही भदौ ६ गते प्रस्तुति दिने आयोजक किरणकुमार संग्रौलाले जानकारी दिए ।

अर्का आयोजक दीक्षान्त पराजुलीका अनुसार प्रवेश शुल्क एक हजार रुपैयाँ राखिएको छ । त्यस्तै, समूहमा आउने दर्शकका लागि पनि विशेष प्याकेज बनाइएको छ । टिकटमा पेय पदार्थ र खाजा निःशुल्क गरिएको जनाइएको छ ।

गायक सविन राई आफ्नो समयमा निकै चर्चित गायक हुन् । ‘गुराँसको फेद मुनि’, ‘मलाई अंगाली देउ’, ‘म संसार जित्ने प्रयास गर्दैछु’ जस्ता चर्चित गीत गाएका सविनले धन्यवाद एल्बमबाट कमब्याक गरेका थिए । सो एल्बमका सम्झन्छु, समर्पण, रफ्तार लगायतका गीत हिट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer