२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

गंगा जमुना ल्याउँदै प्रमोद खरेल


बिर्तामोड, साउन ३२ । गायक प्रमोद खरेलले गंगा जमुना बोलको गीत ल्याउने तयारी गरेका छन् । गायक खरेलले बुधबार गीतको फर्स्ट लुक्स सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् ।

गंगा जमुनामा राजेन्द्र थापाको शब्द तथा शम्भुजीत बास्कोटाको संगीत रहेको छ । अङ्समसले संगीत संयोजन गरेको गीतमा श्यामश्वेत रसाइलीले मिक्सिङ एन्ड मास्टरिङ गरेका छन् ।

गीतको भिडियोमा अभिनेता दिलिप रायामाझी, प्रमोद खरेल, अन्जली अधिकारी, उषा उप्रेती लगायतको अभिनय रहने भएको छ । भिडियोलाई राजीव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । उनलाई रोशन विकले सघाएका छन् ।

बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा कलरको काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer