२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

रानीगञ्जले प्रवेशाज्ञा नदिँदा काँकरभिट्टाबाट नेपाल आउने पर्यटक घट्दै


May be an image of 3 people and text

मेचीनगर, भदौ ६ । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकको प्रतिबन्ध अझै फुकाएको छैन ।

काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाली घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञा (आगमन अनुमति) दिन रोक लगाउँदै आएको छ ।

भारतले प्रवेशाज्ञा नदिँदा पूर्वी नाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहलपहल खासै नभएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए ।

कोभिडका कारण नेपाल तथा भारतीय पक्षले आवतजावतमा कडाइ गरे पनि पछिल्लो समयमा नेपाल घुम्न आउने पर्यटकले निर्वाध रुपमा नेपाल घुम्न सक्ने अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताए ।

प्रवेशाज्ञाका विषयमा दुवै देशका अधिकारीहरुबीच छलफल भए पनि भारतले सुरक्षाको कारण देखाएर आगमन अनुमति नदिएको हो । जसका कारण पूर्वी नाकाबाट स्थलमार्ग भएर ठुलो संख्यामा नेपाल आउने बंगलादेशीहरु आउन नपाएको नाट्टाका कोशी अध्यक्ष पुण्यप्रसाद भट्टराईले जानकारी दिए ।

अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार यो नाका भएर सबैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए । कार्यालयले सिरिया, अफगानिस्तान, इराक, घाना, जिम्बावे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्याम्ब्रुन, सोमालिया, प्यालेस्टाइन, स्विजरल्यान्डबाहेकका नागरिकलाई नेपाल प्रवेशको भिसा दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer