२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपाल साकोसको बचत बढ्दै, बाह्य ऋण शून्यतर्फ


बिर्तामोड, भदौ ८ । नेपालकै सबैभन्दा ठुलो सहकारी झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको कुल बचत ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रहेको संस्थाले जनाएको छ ।

२०८० साउन मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थाका कुल बचत ११ अर्ब १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैयाँ रहेको उल्लेख छ । त्यस्तै, संस्थाको बाह्य ऋण शून्यतर्फ गएको छ । सहाराको बाह्य ऋण १ दशमलव ६३ प्रतिशत रहेको छ । २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ बाह्य ऋण रहेको संस्थाले जनाएको छ

संस्थाको लगानी १० अर्ब ९८ करोड ११ लाख ६५ हजार ६८४ रुपैयाँ रहेको छ । संस्थाले १ अर्ब ६४ करोड ९४ लाख १५ हजार ३ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको जनाएको छ ।

१ अर्ब २७ करोड २६ लाख ३८ हजार ९७६ रुपैयाँ कुल संस्थागत पुँजी तथा १५ अर्ब ३७ करोड ६२ लाख ७२ हजार ३६९ रुपैयाँ कुल सम्पत्ति रहेको जनाएको छ ।

संस्थाले प्रकाशन गरेको साउनको विवरण अनुसार जगेडा कोषमा १ अर्ब २३ करोड ५७ लाख ५३ हजार ६५७ रुपैयाँ तथा ४४ करोड ३१ लाख ८७ हजार ९९१ रुपैयाँ विभिन्न कोषमा रहेको जनाइएको छ ।

संस्थामा साउन मसान्तसम्म २८.४४ प्रतिशत अर्थात ३ अर्ब १६ करोड ५० लाख ८९ हजार ५६७ रुपैयाँ तरलता रहेको छ । १ लाख ५७ हजार ८६१ जना सदस्य रहेको संस्थामा ७५ हजार ५४० जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer