२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

प्रमोदको ‘गंगा जमुना’ सार्वजनिक, १६ घण्टामा सवा लाख भ्युअर्स


बिर्तामोड, भदौ ९ । गायक प्रमोद खरेलको ‘गंगा जमुना’ बोलको गीत १६ घण्टामै सवा लाखजनाले हेरेका छन् । शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो ।

हिजो साँझ ५ बजे सार्वजनिक गरेलगत्तै युट्युबका दर्शकको पहिलो रोजाइमा परेको गंगा जमुनाको भ्युजले रफ्तार लिइरहेको छ । आज बिहान ०८ः३० बजेसम्म एक लाख २७ हजार भ्युअर्स पुगेका छन् ।

नेपाली सुगम संगीतका अत्यन्त लोकप्रिय तथा चर्चित गायक खरेल पछिल्लो समयका एक नम्बर व्यस्त गायक हुन् । गीतको भिडियोमा अभिनेता दिलिप रायामाझी, प्रमोद खरेल, अन्जली अधिकारी, उषा उप्रेती लगायतको अभिनय रहको छ ।

भिडियोलाई राजीव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । उनलाई रोशन विकले सघाएका छन् । गंगा जमुनामा राजेन्द्र थापाको शब्द तथा शम्भुजीत बास्कोटाको संगीत रहेको छ । अङ्समसले संगीत संयोजन गरेको गीतमा श्यामश्वेत रसाइलीले मिक्सिङ एन्ड मास्टरिङ गरेका छन् ।

बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा कलरको काम गरेका छन् । गीत तथा भिडियोको प्रोड्युसर दिपा सिटौला हुन् भने प्रोडक्सन मेनेजरका रुपमा मनोज जोशीले काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer