२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

उसिना चामलमा पनि भारतको २० प्रतिशत निर्यात कर


बिर्तामोड, भदौ ११ । चामल र प्याजपछि भारतले उसिना चामलको निर्यातमा पनि कडाइ गरेको छ । भारतले उसिना चामलमा पनि २० प्रतिशत निर्यात कर लगाएको हो ।

शुक्रबारबाट लागु हुनेगरी भारतले पहिलोपटक सबै प्रकारका उसिना चामलमा कर लागएको हो । भारतको सेन्टरल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एन्ड कस्टमले यस्तो निर्णय गरेको हो ।

भारतको वित्त मन्त्रालयले सूचना निकालेर आउँदो असोज अन्तिम हप्तासम्म यस्तो कर लगाइएको जनाएको छ । भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत कर लगाएको हो ।

यो निर्णयले नेपालसहित भारतबाट उसिना चामल आयात गर्ने देशमा भाउ बढ्न सक्ने सम्भावना छ । बास्मती, लङग्रेन र जिरामसिनो सबै प्रकारका उसिना चामल पाइन्छ । यसअघि भारतले गत महिना बास्मती चामल निर्यातमा रोक लगाएको थियो ।

स्थानीय बजारमा चामलको मूल्य उकालो लागेपछि भारतले यस्तो निर्णय गरेको रोयटर्सले जनाएको छ । भारत यस्तो प्रकारको चामल निर्यातमा पनि अग्रणी मुलुक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer