२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई नदीमा हराएका श्रेष्ठको शव भेटियो


बिर्तामोड, भदौ १६ । कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवाको शव भेटिएको छ । कनकाई-४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव आज भेटिएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो २ बजेदेखि बेपत्ता भएका श्रेष्ठको शुक्रबारदेखि नै खोजी कार्य जारी राखिएको थियो । आज बिहानैदेखि स्थानीयबासीसहित जिल्ला प्रहरी कार्यालय विपद व्यवस्थापनको टोलीले नदीमा श्रेष्ठको खोजी गरेको थियो ।

श्रेष्ठको शव कनकाई ४ का वडा सदस्य शेषप्रसाद प्रसाईंसहित प्रहरी टोलीले आज फेला पारेको हो । शिवसताक्षी-१० स्थित कनकाई नदीमा साथीहरुसँग माछा मार्ने क्रममा श्रेष्ठ पानीमा डुबेर बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer