२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

विराट अर्जुन सहकारीद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर


बिर्तामोड, भदौ १८ । बिर्तामोडको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर प्रदान गरेको छ ।

संस्थाले आफ्नो १४ औँ स्थापना दिवसको अवसर पारेर गरामनीस्थित दुर्गा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेलपेपर प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थीलाई ब्रेल पेपर हस्तान्तरण गरिएको हो ।

आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष नविन खरेलको नेतृत्वमा विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीलाई ब्रेल पेपर हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका सचिव डिल्लीराम प्रसाईं, सदस्य कृष्ण कुइँकेल, घनश्याम खनाल, व्यवस्थापक सुनिता दंगाल, कर्जा प्रमुख राजेन्द्र राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer