२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मिस्टर एन्ड मिस विश्वकर्माका सहभागीले देखाए आआफ्नो ‘ट्यालेन्ट’


बिर्तामोड, भदौ १९ । आफ्नो समुदायका किशोरकिशोरीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्यले आयोजना गर्न लागिएको मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चलका सहभागीहरुले आआफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।

झापाको बिर्तामोडमा यही भदौ २२ गते हुने फिनालेअघि सहभागी किशोरकिशोरीहरुले आफ्नो ‘ट्यालेन्ट’ देखाएका हुन् । आयोजक बि ब्रोस इन्टरटेन्टमेन्टका अध्यक्ष तथा मोडल सञ्जय विश्वकर्माले सहभागीहरुले आफूले जानेको कला प्रस्तुत गरेको जानकारी दिए ।

सहभागीहरुले नृत्य, गायन, कविता वाचन, अभिनय, चित्रकला लगायतको प्रतिभा प्रस्तुत गरेको विश्वकर्माले बताए । उत्कृष्ट प्रस्तुतिको अंक फिनालेको दिन हुने अन्य प्रस्तुतिसँगै जोडिने बताइएको छ ।

प्रतियोगितामा झापा, मोरङ, इलामलगायतका जिल्लाका १५ किशोरी र ८ किशोरले सहभागिता जनाएका छन् । अधिकांश सहभागी झापाबाट रहेको क्षेत्रीय निर्देशक राज दियालीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५० हजार, ताज तथा अन्य उपहारहरु प्राप्त गर्ने छन् ।

प्रतियोगितामा किशोरीहरु आशिका विश्वकर्मा, जोश्ना दियाली, मेघा रसाइली, रविना बराइली, रिया विश्वकर्मा, दीक्षा सेन्च्युरी, सिर्जना विश्वकर्मा, सरिता विश्वकर्मा, करुणा विश्वकर्मा, वर्षा विश्वकर्मा, ऐश्वर्या दुधराज, आश्ना लोहार, अश्मि रसाइली, रेमोना लोहार र निर्जला विश्वकर्मा सहभागी छन् ।

त्यस्तै, किशोरहरुमा सरोज विश्वकर्मा, शक्ति विश्वकर्मा, घनश्याम विश्वकर्मा, रोहित पौडेली, सुमन सुनार, सुजल विश्वकर्मा, सफल विश्वकर्मा र दिपन रसाइली प्रतियोगितामा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer