२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाली सेनाद्वारा बिर्तामोडमा व्यावसायिक फलफूल खेती तालिम सुरु


बिर्तामोड, भदौ २४ । नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत रहेको हिताधिकारी कल्याण केन्द्र इटहरीले माटो र हावापानी सुहाउँदो व्यावसायिक फलफूल खेती तालिम सुरु गरेको छ ।

बिर्तामोड १० स्थित तेलगानी पोखरी परिसरमा आजबाट सुरु भएको तालिममा झापामा बस्ने भूतपूर्व सैनिक तथा आश्रित परिवार, एकल महिला र बहालवाला सैनिक परिवारका ३० जना सहभागी छन् ।

भदौ २९ गतेसम्म सञ्चालन हुने छ दिने व्यावसायिक फलफूल खेती तालिमको उद्घाटन श्री नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाले एक कार्यक्रमका बीच गरे ।

कार्यक्रममा बाहिनीपतिले थापाले यस्ता तालिमले नेपाली सेनाका सकलदर्जाहरु अवकाशपछि विदेशिने बाध्यात्मक परिस्थितिमा सुधार भई सैनिक व्यक्ति तथा आश्रित परिवारलाई स्वदेशमै स्वरोजगार बन्न मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा हिताधिकारी कल्याणकारी केन्द्रका प्रमुख प्रमुख सेनानी धु्रव दाहाल, अरिदमन गणका निमित्त गणपति सेनानी अभिषेक विष्ट, तेलगानी पोखरी संरक्षण समितिका पदाधिकारी एवम स्थानीयबासी गरी करिब ६० जनाको उपस्थिति रहेको थियो ।

केन्द्रले प्रत्येक वर्ष विभिन्न जिल्लामा रहेका भूतपूर्व सैनिक तथा आश्रित परिवार, एकल महिला र बहालवाला सैनिक परिवारको जीवनस्तर अभिबृद्धि गर्न विभिन्न आयमुलक ज्ञान तथा सीप सिकाउने तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer