२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिडिए झापामा सर्वसम्मत समितिको तयारी, अध्यक्षमा खड्काको चर्चा


बिर्तामोड, भदौ २५ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को केन्द्रीय समितिको निर्वाचन सकिएलगत्तै झापामा चुनावी सरगर्मी बढेको छ ।

एनसिडिए झापाले यही असोज १२ गतेलाई चुनावी जिल्ला अधिवेशनका लागि मिति तय गरेको छ । संघको दोस्रो अधिवेशनबाट झापाको नयाँ नेतृत्वसहित समिति सर्वसम्मत बनाउने तयारी सुरु भएको छ ।

वर्तमान झापा अध्यक्ष गौतम गुप्ता केन्द्रीय कार्यकारिणी सदस्यका निर्विरोध निर्वाचित भएसँगै झापामा नयाँ समिति सर्वसम्मत हुने बलियो सम्भावना रहेको छ ।

संघको आगामी अध्यक्षको रुपमा हालका महासचिव जीवनकुमार खड्कालाई अघि सारिएको छ । त्यस्तै, उपाध्यक्षमा हालमा उपकोषाध्यक्ष युवराज भट्टराई, महासचिवमा हालका कोषाध्यक्ष विवेक बजगाईं, कोषाध्यक्षमा हालका सदस्य विप्लव लिम्बू, सचिवमा हालका सदस्य प्रह्लादराम ढुंगाना र उपकोषाध्यक्षमा हालका सदस्य लक्ष्मी पौडेलको नाम चर्चामा छ ।

सदस्य पदमा भने धेरैजना आकांक्षी देखिएको बताइएको छ । सकेसम्म सदस्य पदमा पनि सर्वसम्मत गराउने तयारी भइरहेको छ । एनसिडिए झापामा ३६३ जनाले सदस्यता नवीकरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer