२०८१ जेठ १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको चुरेक्षेत्र दोमुखामा बस्ती बसेको ७० वर्षपछि खानेपानी


बिर्तामोड, भदौ २५ । झापाको शिवसताक्षी वडा नम्बर १० को चुरेक्षेत्रमा पर्ने दोमुखामा नुनमाटी खानेपानी योजनाले स्थानीयका लागि खानेपानी सञ्चालनमा ल्याएको छ । सो क्षेत्रमा बस्ती बसेको झन्डै ७० वर्षपछि खानेपानी आएको हो ।

यसअघि सो क्षेत्रका स्थानीयबासी पानीका लागि सामुहिक ट्युबवेलमा पालो पर्खन बाध्य थिए । खानेपानीको व्यवस्था भएपछि डोकोमा पानीको गाग्री बोक्नुपर्ने अवस्था पनि हटेको छ ।

गत जेठबाट खानेपानी सञ्चालनमा आएपछि स्थानीय गाउँलेहरु धारा जडान गर्न थालेका छन् । स्थानीय बुद्धमाया लावतीका अनुसार खानेपानी सञ्चालनमा आउनुअघि एक घण्टा लामो बाटो हिँडेर पानी ल्याउनुपथ्र्यो ।

झन्डै डेढ करोड रुपैयाँको लगानीमा दोमुखा नुनमाटी खानेपानी योजनामार्फत खानेपानी विस्तार गरिएको हो । शिवसताक्षी-१० का १ हजार ३ सय घरपरिवारलाई लक्षित गरी खानेपानी आयोजना सुरु गरिएको हो ।

अहिलेसम्म ११३ घरमा धारा जडान भइसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर बस्नेतले जानकारी दिए । धारा जडानको काम धमाधम भइरहेको छ । धारा जडानको शुल्क ७ हजार १ सय रुपैयाँ कायम गरिएको छ ।

खानेपानीको पहुँच पुग्न नसकेका उच्च भूभागलाई लक्षित गरी झापामा अरु पनि आयोजना निर्माणधीन अवस्थामा रहेको तथा बजेट समयमा नपाउँदा योजना सञ्चालनमा ल्याउन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer