२०८१ जेठ १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापाकी १२० वर्षीया राजवंशी नेपालकै ज्येष्ठ नागरिक हुनसक्ने दाबी


आफनै घरको सिकुवामा बसेकी राजवंशी । तस्वीरः अम्बिका भण्डारी

मेचीनगर, भदौ २५ । झापाको मेचीनगर ७ मदनबस्तीकी १२० वर्षीया पोहानी राजवंशी नेपालकै ज्येष्ठ नागरिक हुनसक्ने परिवारले दाबी गरेको छ ।

उनका छोरा फतलाल राजवंशीका अनुसार आमाको उमेर १२० वर्ष हो । तर, नागरिकता प्रमाणपत्रका अनुसार पोहानीको उमेर ८२ वर्ष मात्र हुन्छ । नागरिकताअनुसार छोरा फतलालको उमेर भने ८४ वर्ष देखिन्छ ।

नागरिकता बनाउनेले कम उमेर लेखिदिएका कारण त्यस्तो भएको छोरा फतलालको भनाइ छ । उनले आफ्नी आमा १२० वर्ष पुगिसकेको बताए ।

नागरिकतामा पोहानीको जन्ममिति उल्लेख छैन । २०४० फागुन १४ गते झापा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको उनको नागरिकतामा ४२ वर्ष उमेर उल्लेख छ ।

पोहानी जेठो छोरासँग सानो झुपडीमा बस्दै आएकी छन् । उनी सुत्ने ओछ्यानबाट आँगन र नजिकैको बाटोसम्म विस्तारै हिँडडुल गर्न सक्ने छोरा फतलालले बताए । पोहानीका पाँच छोरा र तीन छोरीमध्ये हाल तीन छोरा र एक छोरी जीवित छन् ।

यसअघि सप्तरीको तिरहुन १ का १३१ वर्षीय रखु बहरखेर नेपालका ज्येष्ठ नागरिक थिए । उनको २०७५ चैत ३० गते निधन भइसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer