२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

दमक बाल अस्पताललाई आनी छोइङ डोल्माको एक करोड ८० लाख सहयोग


दमक, भदौ २६ । गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउन्डेसनका तर्फबाट काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्राडा भगवान कोइरालालाई उक्त सहयोग राशि प्रदान गरिएको हो ।

फाउन्डेसनका तर्फबाट आनीका सांगीतिक गुरु तथा गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको चेक प्राडा कोइरालालाई प्रदान गरे । स्वस्थ समाज निर्माणका लागि आफ्नो योगदानले मद्दत मिल्ने आशा उनले व्यक्त गरिन् ।

कार्यक्रममा प्राडा कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे प्रकाश पारेका थिए । एक हजार बालबालिका जन्मिँदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक कोइरालाले पेश गरे ।

बालबालिकालाई उपचारको अभावबाट हुने क्षति र अपांगताबाट बचाउनु तथा परिवारलाई गरिबीको दुश्चक्रबाट जोगाउनु आफूहरुको उद्देश्य रहेको डा कोइरालाले बताए ।

उक्त परियोजनाअन्तर्गत झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ । सेवा सुरु भएको चार महिनामै यसले ठुलो संख्यामा बहिरंग र अन्तरंग सेवा प्रदान गरेको उनले जनाए ।

काठमाडौँको बुढानीलकण्ठ-७ मा हब अस्पतालको रुपमा बहुविशिष्टकृत बाल अस्तालको निर्माण सुरु भएको पनि उनले जानकारी दिए ।

आनी छोइङ डोल्माले पछिल्लो समय संगीतमार्फत समाजसेवा गरिरहेकी छन् । उनले हालै नेपाल र भारतमा च्यारिटी कन्सर्ट सम्पन्न गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer