२०८१ जेठ १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका दुई पालिकाका सुकुम्बासीलाई निवेदन दिन भूमि आयोगको आग्रह


बिर्तामोड, भदौ २९ । राष्ट्रिय भूमि आयोगले झापाका दुई पालिकाका बासिन्दालाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ ।

आयोगले झापाको कचनकवल गाउँपालिका र दमक नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको हो ।

आज एक सूचना निकाल्दै ३५ दिनभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको हो ।

तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न पनि आयोगले सूचित गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer